काठमाडौं, ६ पुस । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ ।उनको ज्वरो सामान्य अवस्थामा छ ।

नेपालको छातीमा संक्रमणका साथै रुघाखोकीको समस्या भएपछि मंगलबारदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो । छातीरोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको टोली उनको उपचारमा संलग्न रहेको पार्टी सचिवालयले जनाएको छ ।

पछिल्लो समय पार्टीको राजनीतिक कामले दौडधूप गरेका नेपाललाई अहिले आगन्तुकसँगको भेटघाट बन्द गरिएको छ ।

छातीको सङ्क्रमण कम नहुँदासम्म नेपाल केही दिन अस्पतालमै बस्ने उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । उनका अनुसार अध्यक्ष नेपाललाई जाउलोलगायत खानेकुरा खुवाइएको छ ।