संसदीय दलको नेतामा सभापति देउवाको उम्मेदवारी

काठमाडौं, ५ पुस । नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन् ।
देउवाले मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का छन् ।
त्यस्तै, महामन्त्री गगन थापाले पनि संसदस्य दलको नेतामा उम्मेदवारी दर्ता गराएका छन् । उनको समर्थकमा शेखर कोइराला तथा प्रस्तावाकमा धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल छन् ।
संसदीय दलको नेताका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म सिंहदरबारस्थित दलको कार्यालयमा मनोनयन दर्ता गरिसक्नुपर्ने कार्यतालिका थियो ।
कांग्रेस संसदीय दलको नेताका लागि बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुने निर्वाचनमा ८९ सांसदले मतदान गर्न पाउँछन् । विजेताले ५१ प्रतिशत अर्थात् ४५ मत ल्याउनुपर्ने विधानमा व्यवस्था गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


