काठमाडौं, ५ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा चयन भएका छन् ।

मंगलबार बसेको पार्टी संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा ओलीलाई दलको नेतामा सर्वसम्मत चयन गरिएको हो ।

सांसद ठाकुर गैरेका अनुसार अर्को बैठक बसेर उपनेता, प्रमुख सचेतक लगायत चयन गर्ने एमालेको तयारी छ ।