कांग्रेस संसदीय दलको नेताका लागि गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौं, ५ पुस । नेपाली कांग्रेसको संस्थापनइतर समूहबाट संसदीय दलको नेताका लागि महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिमा मंगलबार दिउँसो उनले दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
कांग्रेसको संसदीय दलको विधान २०७४ को धारा ५ बमोजिम निर्वाचित हुने संसदीय दलको नेताको उम्मेदवार हुनका लागि उम्मेदवारीको दरखास्त साथमा दाखिला हुनुपर्ने शुल्क ५१ हजार राखी थापाले उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् ।
थापाको प्रस्तावकमा नेता डा. शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्मा छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


