काठमाडौं, ५ पुस । जनकपुर रोयल्सले नेपाल टी–२० लिगको आगामी सिजनका लागि शाहिद मोहम्मदलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको छ ।

जनकपुरले मंगलबार शाहिदलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो ।

जनकपुर रोयल्सले यसअघि नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक उमेश पटवाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ ।

मुख्य प्रशिक्षक पटवालले नेपालसँगै अफगानिस्तान, युएई र भारतका स्थानीय क्लब हेरेका छन् ।

नेपाल क्रिकेट संघले पहिलो पटक आयोजना हुन गर्न लागेको टी २० लिगमा ६ टोलीको सहभगिता रहनेछ । जनकपुरले आफ्नो पहिलो खेलमा पोखरा एभेन्जर्सको सामना गर्नेछ ।

जनकपुरको मार्की खेलाडीमा सोमपाल कामी छन् भने विदेशी खेलाडीको रुपमा शराफुद्दीन अशरफलाई अनुबन्ध गरिएको छ ।