काठमाडौं, ५ पुस । आइतबार मात्र २२ औं संस्करणको फिफा विश्वकप फुटबटलको उपाधि जिताएका अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले ‘बीबीसी स्पोर्ट्स पर्सनालिटी वर्ल्ड स्पोर्ट्स स्टार अफ द इयर’ अवार्ड प्राप्त गरेका हुन् ।

बीबीसीले उनलाई सन् २०२२ को अवार्ड प्रदान गरेको हो । बीबीसीले यो अवार्ड उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदान गर्दै आएको छ ।

मेस्सीले कतार विश्वकपमा ७ म्याचमा ७ गोलका साथै तीन असिस्ट गरे । सोही प्रदर्शनका आधारमा उनले गोल्डेन बल अवार्ड पनि हात पारे ।

मेस्सीकै शानदार प्रदर्शनमा फाइनलमा अर्जेन्टिनाले गत संस्करण विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै तेस्रोपटक उपाधि जित्यो ।

यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि थियो ।