काठमाडौं, ४ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेता शेखर कोइराला छलफलमा जुटेका छन् । उनीहरूबीच पार्टी संसदीय दलको नेता चयनका विषयमा छलफल भएको छ ।

नेपाली कांग्रेसले बुधबारका लागि संसदीय दलको मतदानको चुनावी तालिका सार्वजनिक गरेको छ । एउटै समूहमा रहेका थापा र कोइरालाले दलको नेतामा दाबी गर्दै आएका छन् ।

उता, सभापति शेरबहादुर देउवाले पनि संसदीय दलको नेताका लागि तयारी गरिसकेका छन् । संसदीय दलमा देउवा बलियो भएका कारण इतर समूहका शेखर र गगनलाइ मिलेर अघि बढ्न समूहको दबाब छ ।

गगनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि समर्थन गरेका कारण उनी दलको नेताबाट पछि नहट्ने अडानमा छन् ।