मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीको दाबी

काठमाडौं, ४ पुस । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेस प्रदेशले जनमत पार्टी नेतृत्वको सरकार खोजिरहेको बताएका छन् ।
मुख्य निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा बोल्दै उनले मधेसको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहने बताएका हुन् ।
आफ्नो पार्टीबाट विजयी सदस्यहरूको संख्या र मधेसका जनताको मागअनुसार मधेसमा नेतृत्व दाबी गर्ने उनको भनाइ छ । हालको सत्ता गठबन्धनलाई नै समर्थन रहने संकेत गर्दै उनले यसका लागि सरकारले आफ्नो पार्टीका माग पूरा गर्न प्रतिबद्धता जनाउनुपर्ने बताए ।
अघिल्ला सरकारले गरेका जस्तो कागजमा मात्रै सीमित प्रतिबद्धताको पछि जनमत नलाग्ने उनले बताए । गठबन्धनबाहेक अरुसँग पनि छलफल भइरहेको र ती छलफललाई सकारात्मक रुपमा लिएको उनले बताए ।
मंसिर ४ गते सम्पन्न निर्वाचनबाट यस प्रदेशमा जनमत पार्टीले प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी कुल १३ सिट पाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


