निर्वाचन परिणामबाट सन्तुष्ट नरहेको राप्रपा अध्यक्ष लिङ्देनको भनाइ

काठमाडौं, ४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ४ मंसिरमा सम्पन्न निर्वाचन परिणामबाट आफू सन्तुष्ट नरहेको बताएका छन् ।
उनले निर्वाचनको परिणामबाट आफू सन्तुष्ट नरहेको र परिणाम आउनेबित्तिकै आफूले राजीनामा दिन खोजे पनि समस्या आउने देखेर पछि हटेको पनि बताएका हुन् ।
लिङ्देनले पार्टीले सोचेजस्तो परिणाम आउन नसक्नुको सम्पूर्ण जिम्मेवारी अध्यक्षको हिसाबले आफूले लिने उल्लेख गरे । उनले अहिलेको मतपरिणामको मूल्याङ्कन गर्दा जनताले आशाको दृष्टिकोणले हेर्न थालेको भन्दै राप्रपालाई मुलुकको राष्ट्रिय पार्टी बनाएर आफ्ना मूल्य मान्यता स्थापित गर्ने बताए ।
पार्टीका तर्फबाट निर्वाचित सांसदलाई बधाइ दिन सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले आफूहरू मन्त्री खानका लागि कुनै नेताको घर नधाउने र कुनै पार्टीको पुच्छर बनेर नहिँड्ने पनि बताए ।
सरकारमा गएर वा नगएर कसैलाई समर्थन गर्नुपरे कारण खुलाउने उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


