रौतहट, ४ पुस । रौतहटमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

चन्द्रपुर निजगढस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गको बीचमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीनमध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

बिग्रिएपछि राजमार्गमा रोकि राखेको प्रदेश २–०३–००१ ख ४२२९ नम्बरको ट्रकमा प्रदेश २–०३–००९ प ३९४३ नम्बरको मोटरसाइकल ठोक्किँदा रौतहटको गुजरा नगरपालिका–३ सिमरीका २६ वर्षीय भुवन पहाडी र २७ वर्षीय रीत बहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, मोटरसाइकल पछाडि बसिरहेका सिमरीकै २४ वर्षीय सुशील माझीको टाउको र छातीमा गम्भीर चोट लागेर हाल भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

ट्रक र मोटरसाइकल इलाका प्रहरी कार्यालय निजगढको नियन्त्रणमा रहेको छ । मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल कलैया पठाएको तथा घटना बारे थप अनुसन्धान प्रहरीले जनाएका छन् ।