काठमाडौं, ४ पुस । जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन भएका छन् ।

काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकले उनलाई दलको नेतामा चयन गरेको हो ।

दलको उपनेता र प्रमुख सचेतक चयन गर्न भने सोमबार पुनः बैठक बोलाइएको जनमतका नेता बीपी साहले जानकारी दिए ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनमत पार्टीबाट प्रत्यक्षतर्फ डा. राउत सप्तरी क्षेत्र नं. २ बाट भारी मतान्तरले विजयी भएका थिए ।

समानुपातिमा भने जनमतले ५ सिट प्राप्त गरेको छ । ​