काठमाडौं, ४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् ।

पार्टीका प्रवक्ता डा. मुकुल ढकालका अनुसार सोमबार बिहान बसेको बैठकले लामिछानेलाई सर्वसम्मत दलको नेता चयन गरिएको हो ।

दलको उपनेता, प्रमुख सचेतक र सचेतक चयन हुन भने बाँकी रहेको छ । ती पदहरूमा पनि नेता चयन गर्न रास्वपाको बैठक आजै बस्ने तयारी छ ।

रास्वपाले प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ गरी १९ सिट जितेको छ । ​