अर्जेन्टिना बन्यो विश्वकप विजेता

जनकपुरधाम, ३ पुस । अर्जेन्टिना विश्वकप फुटबल २०२२ को विजेता बनेको छ ।
अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पेनाल्टीमा हराएर विश्वकपको ट्रफी उचाल्दै आफूलाई विश्व च्याम्पियनमा दर्ज गरेको हो ।
फिफा विश्वकपको ट्रफी अर्जेन्टिनाले यो तेस्रोपटक उचालेको हो । यसअघि १९७८ र १९८६ मा अर्जेन्टिनाले विश्वकप जितेको थियो ।
लियोनल मेसीको २३ औं मिनेटमा पेनाल्टीमार्फत् भएको गोलबाट अग्रता लिएको अर्जेन्टिनाले फ्रान्सविरुद्ध कतारमा भएको खेलमा विश्वकप च्याम्पियन बन्दै इतिहास रचेको छ ।
आइतबार राति भएको खेलमा अर्जेन्टिनाका लागि दोस्रो गोल एन्जेल डि मारियाले गरेका थिए । उनले ३६ औं मिनेटमा गरेको गोलले अर्जेन्टिनालाई हाफटाइममा २–० को अग्रता दिलाएका थिए ।
हाफ टाइमअगाडि अग्रता लिएकाे फ्रान्सलाई चुनाैती बने फ्रान्सका किलियन एम्बाप्पे । उनले ८० ओँ मिनेटमा र ८१ औँ मिनेटमा दुई गाेल गरेपछि खेल बराबरीमा पुग्याे । उनकाे पहिलाे गाेल पेनाल्टीमार्फत् थियाे ।
निर्धारित समयमा दुवै टिम बराबरीमा भएपछि खेल अतिरिक्त समयमा धकेलियाे ।
अतिरिक्त समयमा मेसीले अर्जेन्टिनाका लागि तेस्राे र व्यक्तिगत दाेस्राे गाेल गरे । तर एम्बाप्पेले पेनाल्टीमार्फत् गाेल फर्काए ।
त्यसपछि पेनाल्टीमा पुगेकाे खेलमा अर्जेन्टिनाले ४-२ ले जित हासिल गरेकाे हाे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


