कांग्रेसको संसदीय दलको नेता चयनका लागि पुस ६ गते चुनाव हुने

काठमाडौं, ३ पुस । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि पुस ६ गते चुनाव हुने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गते साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्तिका लागि आह्वान गरेकाले कांग्रेसले पुस ६ गते संसदीय दलको निर्वाचन गर्ने तयारी गरेको हो ।
आइतबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले संसदीय दलको चुनावका लागि सहमहामन्त्री भीष्मराज आङदम्बेको संयोजकत्वका तीन सदस्यीय समिति गठन गरेको छ ।
समितिमा पुष्पा भुसाल र प्रकाश स्नेही सदस्य छन् । समितिले आज–भोलिमै चुनावी तालिका सार्वजनिक गर्ने तयारी गरेको छ ।
संसदीय दलको नेताका लागि कांग्रेसमा संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा र संस्थापनइतरबाट डा. शेखर कोइराला र महामन्त्री गगन थापाको चर्चा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


