काठमाडौं, ३ पुस । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, राष्ट्रपतिलगायत पदबारे प्याकेजमै सहमति गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडाँमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकमा सरकार गठन र संसदीय दलको नेता चयनबारे छलफल भएको थियो ।

माओवादी केन्द्रका सचिव हरिबोल गजुरेलले सरकार गठन र राष्ट्रपति चयनको विषय गठबन्धनमा प्याकेजमै गर्नुपर्ने विषयमा छलफल भएको बताए ।

यस्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी फोरम बनाउनेबारेमा नेताहरुलाई प्रस्ताव गरेका थिए ।

नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीसँग पार्टी एकताका लागि समाजवादी फोरम बनाउने विषयमा छलफल भएको हो ।