समाजवादी फोरम बनाउने प्रचण्डको प्रस्ताव

काठमाडौं, ३ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादतिर जान सहमत शक्तिलाई एकै ठाउँमा ल्याउन समाजवादी फोरम बनाउने प्रस्ताव गरेका छन् ।
आइतबार बसेको पदाधिकारी बैठकमा उनले त्यस्तो फोरमको आवश्यकता भएको बताएका हुन् ।
प्रचण्डले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी र बाबुराम भट्टराइ नेतृत्वको नेपाल समाजवादी पार्टीलाइ समेट्नका लागि समाजवादी फोरम बनाउने प्रस्ताव गरेका हुन् ।
चुनावअघि माओवादी केन्द्र र एकीकृत समाजवादीले एकता संयोजन समिति बनाउने सहमति गरेका थिए ।
त्यस्तै, नेपाल समाजवादी पार्टीले पनि समाजवादी केन्द्र बनाउन पार्टी एकता गर्ने सहमति गर्दै माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव लडेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


