राप्रपा नेपाल राष्ट्रवादी शक्ति भएको अध्यक्ष थापाको दाबी

काठमाडौं, ३ पुस । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपाल लामो राजनीतिक यात्रामा हिँडेको राष्ट्रवादी शक्ति भएको दाबी गरेका छन् ।
काठमाडौं जिल्लाद्वारा आइतबार आयोजित अगुवा कार्यकर्ता भेलामा थापाले गत निर्वाचनमा निराशाजनक परिणामका बाबजुद राप्रपा नेपालले अवलम्बन गरेको मान्यताको सर्वकालिक महत्व रहेको दाबी गरेका हुन् ।
थापाले राप्रपा नेपाल लामो राजनीतिक यात्रामा हिँडेको राष्ट्रवादी शक्ति भएकाले चुनावी परिणाम प्रतिकूल रहेपनि आगामी दिनमा राप्रपा नेपाललाई देशको बलियो राष्ट्रवादी, प्रजातान्त्रिक र हिन्दुवादी शक्ति बनाउने अभियान अझ सशक्त ढंगबाट अघि बढाइने विश्वास व्यक्त गरे ।
अब राप्रपा नेपालले सडकबाट हिन्दुराष्ट्र पुनस्थापना र भ्रष्टाचार लगायतका आफ्ना एजेण्डा स्थापित गर्न सडकमा क्रियाशील हुन आवश्यक रहेको उनले बताए । त्यसका लागि आगामी चैत–वैशाखमा देशव्यापी सडक संघर्षका लागि तयार रहन उनले कार्यकर्तालाई निर्देशन दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


