एजेन्सी, ३ पुस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों फिफा विश्वकप २०२२ को फाइनल खेल हेर्नका लागि कतार पुगेका छन् ।

खेलाडी र शुभचिन्तकलाई साथ दिन फ्रान्सेली राष्ट्रपति म्याक्रोँ आइतबार कतार पुगेका हुन् ।

‘लाखौँ देशवासी जस्तै म पनि घरेलु मैदानमा विश्वकप फाइनलको मज्जा लिनेछु । म यो अद्भुत क्षणलाई पहिलेजस्तै मेरा मानिसहरूसँग मिलेर बाँच्नेछु । हाम्रा उत्कृष्ट खेलाडी मैदानमा हुनेछन् र गौरवशाली फ्यानहरू स्ट्यान्डमा हुनेछन्,’ फर्नान्डिजले ट्विटरमा लेखेका छन् ।