काठमाडौं, ३ पुस । आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैदेशिक रोजगारीमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरका अनुसार कार्यविधि स्वीकृत भएसँगै अब सरकारले क्यानडा, बेलायत, दक्षिण कोरिया लगायतका देशमा मौसमी श्रमिक पठाउने छ ।

पछिल्लो समय श्रमिकहरूका लागि आकर्षक गन्तव्य बन्दै गएका ती मुलुकमा सरकार आफैंले शून्य लागतमा मौसमी श्रमिक पठाउने भएको हो ।

पछिल्लो समय मौसमी कामका लागि नेपाली श्रमिकको आकर्षण बढ्दै गएको छ । जस कारण ठगीको जोखिमसमेत बढ्न थालेपछि सरकार आफैंले शून्य लागतमा मौसमी श्रमिक पठाउने तयारी गरेको हो ।