काठमाडौं, ३ पुस । साइप्रसका लागि गैरआवासीय राजदूतमा कान्ता रिजाल नियुक्त भएकी छन् ।

इजरायलका लागि नेपालको आवासीय राजदूतसमेत रहेकी रिजाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले साइप्रसको समेत जिम्मेवारी दिएकी हुन् ।

रिजाल गत असारमा इजरायलको लागि आवसीय राजदूतमा नियुक्त भएकी थिइन् । राष्ट्रपति कार्यलयले विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले रिजाललाई आइतबार गैरआवसीय राजदूत नियुक्त गरेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम इजरायलका लागि नेपालको आवासीय राजदूत कान्ता रिजाललाई गणतन्त्र साइप्रसका लागिसमेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।’