काठमाडौं, ३ पुस । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ नवनिर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान गरेको छ ।

निर्वाचन आयोगमा आइतबार आयोजित कार्यक्रममा समानुपातिक निर्वाचन प्रणालीतर्फका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरेका हुन् ।

समानुपातिकतर्फका नवनिर्वाचित सांसदलाई प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले बधाई दिए । प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० सांसद निर्वाचित भएका छन् ।

समानुपातिकतर्फ सबैभन्दा बढी नेकपा एमालेका ३४, नेपाली कांग्रेसका ३२, नेकपा माओवादी केन्द्रका १४, राष्ट्रिय स्वतन्त्र पार्टीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ७ तथा जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका ५/५ जना निर्वाचित भएका छन् ।