शनिबार १ नयाँ संक्रमित थपिए, दुईजना संक्रमणमुक्त

काठमाडौं, २ पुस । नेपालमा पछिल्लो २४ घण्टामा एकजना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२९ जनाको नमुना परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा दुईजना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १४ रहेको छ ।
मन्त्रालयका अनुसार यस अवधिमा ३६ हजार ७०६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


