काठमाडौं, २ पुस । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवाले आइतबार दिउँसो ३ बजेका लागि केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाएका हुन् ।

कांग्रेसले संसदीय दलको चुनावको तयारीको लागि कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

केन्द्रीय कार्यसम्पादन समितिले संसदीय दलको चुनावको लागि अधिकारसम्पन्न निर्वाचन समिति गठन गर्ने र सो समितिले संसदीय दलको चुनाव गराउनेछ ।

सभापति शेरबहादुर देउवाले शनिबार दिउँसो चियापान कार्यक्रमका लागि बालुवाटार बोलाएर कांग्रेसका सांसदहरूलाई राजधानीमै रहन निर्देशन दिएका थिए ।