निर्वाचन आयोगको पत्रकार सम्मेलन नीजि सञ्चार माध्यमद्वारा बहिष्कार

जनकपुरधाम, २ मंसिर । नीजि सञ्चार माध्यमका सञ्चारकर्मीहरुले निर्वाचन आयोगको पत्रकार सम्मेलन बहिष्कार गरेको छ ।
मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रलाई निर्वाचन प्रतिवेदन बुझाउने कार्यक्रममा सरकारी सञ्चार माध्यमलाई मात्र प्रवेश दिएपछि नीजि सञ्चार माध्यमका सञ्चारकर्मीहरुले पत्रकार सम्मेलन बहिष्कार गरेका हुन् ।

शनिवार निर्वाचन आयोगका आयूक्त सगुन शमशेर जबराले प्रदेश प्रमुख मिश्रको नीजि सचिवालयमा पुगेर मधेस प्रदेशको निर्वाचन प्रतिवेदन बुझाउँदा सरकारी सञ्चार माध्यमलाई मात्र प्रवेश गर्न दिइएको थियो ।

सरकारी सञ्चार माध्यमलाई मात्र प्रवेश दिएपछि नीजि सञ्चार माध्यममा कार्यरत पत्रकारहरुले आयोगको पत्रकार सम्मेलन बहिष्कार गरेका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


