काठमाडौं, १ पुस । संघीय संसद सचिवालयले निर्वाचन आयोगसँग सांसदहरूको जन्म मितिसहितको विस्तृत विवरण मागेको छ ।

सचिवालयले शुक्रबार आयोगलाई पत्राचार गर्दै सांसदहरूको विवरण मागेको संसद सचिवालयका उपसचिव दशरथ धमलाले जानकारी दिए ।

उनका अनुसार आयोगले सांसदहरूको नामावली उपलब्ध गराए पनि पूर्ण विवरण नपठाएपछि थप विवरण मागेको हो । सचिवालयले विवरण उपलब्ध गराएपछि प्रक्रिया अघि बढ्ने उनले बताए ।

संसदमा प्रत्यक्ष र समानुपातिक गरी २७५ सांसद निर्वाचित भएका छन् । संसदमा ७ राजनीतिक दलले राष्ट्रिय मान्यता पाएका छन् भने १३ राजनीतिक दलको प्रतिनिधित्व रहनेछ ।