सरकारले शून्य लागतमा ‘मौसमी’ कामदारको रूपमा श्रमिकलाई विदेश पठाउने

काठमाडौं, १ पुस । सरकारले शून्य लागतमा ‘मौसमी’ कामदारको रूपमा श्रमिकलाई विदेश पठाउने तयारी गरिरहेको छ ।
दक्षिण कोरिया, बेलायत, जर्मनी लगायत विभिन्न मुलुकमा मौसमी श्रमिक शून्य लागतमा पठाउने सरकारले तयारी गरिरहेको छ ।
पछिल्लो समय मौसमी कामका लागि नेपाली श्रमिकको आकर्षण बढ्दै गएको छ । जस कारण ठगीको जोखिमसमेत बढ्न थालेपछि सरकार आफैंले शून्य लागतमा मौसमी श्रमिक पठाउने तयारी गरेको हो । यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवश्यक कार्यविधिको ‘ड्राफ्ट’ बनाएर मन्त्रिपरिषद्मा पठाइसकेको छ ।
मौसमी श्रमिक श्रम स्वीकृति लिएर भन्दा पनि कन्सल्टेन्सीहरू, ट्राभल एजेन्सी मार्फत पुग्ने गरेको तथा ठगीको जोखिमसमेत बढेकोले सरकार आफैंले तयारी थालेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए ।
सरकारले हालसम्म मौसमी श्रमिक भनेर वैदेशिक रोजगारमा पठाउने व्यवस्था गरेको छैन । अर्यालका अनुसार मन्त्री परिषदबाट स्वीकृत भएर आउने बित्तिकै मौसमी श्रमिक पठाउन सुरू गरिने छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


