काठमाडौं, १ पुस । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले अबको सरकारको नेतृत्व पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुपर्ने बताएका छन् ।

उनले अहिलेको परिवर्तनको हिसाबमा देशको अभिभावक माओवादी भएको र माओवादीले यो जिम्मेवारी लिनु पर्ने बताएका हुन् ।

संवाद डबलीले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले दलहरुबीच आपसमा समझदारी नभए देश अफगानिस्तान र युक्रेनको बाटोमा जाने पनि बताएका छन् ।

उनले राष्ट्रिय स्वधिनताको सवाल गम्भीर भएर आएको भन्दै त्यसमा प्रतिवद्धताका आधारमा गुरुङले आफूहरुको सहकार्य हुने बताए ।विश्वमै कम्युनिस्ट आन्दोलन कमजोर भएको बेला नेपालमा त्यसको प्रभाव चुनावमा पनि देखिएको गुरुङले बताए ।

उनले आफूहरुले नयाँ परिस्थितिमा पार्टी निर्माण र जनतासँग जोडिने विषयमा कमजोरीका कारण चुनावको परिणाम आएको बताए । पार्टीले चुनावको गम्भीर समिक्षा गरेर अगाडि बढ्ने बताए ।