पाकिस्तान सुपर लिगमा अनुबन्ध भएनन् नेपाली खेलाडी

काठमाडौं, १ पुस । पाकिस्तान सुपर लिग (पिएसएल) को आगामी संस्करणका लागि भएको ड्राफ्टमा कुनै पनि नेपाली खेलाडी अनुबन्ध भएनन् ।
बिहीबार भएको ड्राफ्टमा नेपालबाट सात खेलाडीले नाम दर्ता गराएका थिए । तर, उनीहरूमाथि अनुबन्ध कुनै पनि टिमले चासो देखाएनन् ।
नेपालबाट कुशल भुर्तेल र विकेटकिपर/ब्याटर विनोद भण्डारीले गोल्डेन क्याटागोरीमा नाम दर्ता गराएका थिए । त्यस्तै, अर्जुन साउँद, सुवास खकुरेल, सोमपाल कामी, पवन सर्राफ र आदिल अन्सारी सिल्भर क्याटागोरीमा थिए ।
हालससम्म नेपालबाट स्पिनर सन्दीप लामिछानेले मात्र पिएसएल खेलेका छन् । उनले २०१९ मा लाहोर कलन्दर्सबाट पिएसएल खेलेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


