एजेन्सी, १ पुस । पूर्वी फ्रान्सेली सहर लियोनको एक उपनगरस्थित ७ तले अपार्टमेन्ट भवनमा आगलागी हुँदा ५ बालबालिकासहित १० जनाको मृत्यु भएको स्थानीय सरकारले जनाएको छ ।

आगलागीको कारण अझै स्पष्ट हुन सकेको छैन । भोल्क्स–एन–भेलिनमा बिहान ३ बजेपछि आगलागी भएको थियो । आगलागीमा १४ जना घाइते भएका छन् । जसमध्ये एक जनाको अवस्था गम्भीर छ ।

भवनको भुइँ तल्लामा फैलिएको र माथितिर फैलिएको आगो निभाउने क्रममा दुईजना अग्नी नियन्त्रकलाई सामान्य चोट लागेको पनि बताइएको छ ।