बिहारमा विषालु मदिरा सेवन गरेका ६५ जनाको मृत्यु

एजेन्सी, १ पुस । बिहारमा विषालु मदिरा सेवन गरेका ६५ जनाको मृत्यु भएको छ ।
त्यहाँको छपरामा शुक्रबार दिउँसोसम्म ६० जनाको मृत्यु भएको हो । छिमेकी जिल्ला सिवानमा पनि ५ जनाको यही कारणले मृत्यु भएको भारतीय मिडियाले जनाएका छन् ।
बिहारमा चार दिनभित्र ६५ जनाको विषालु मदिराका कारण निधन भएपछि यसले त्यहाँ राजनीतिक माहोल पनि गर्माएको छ । त्यहाँका केही अस्पतालमा गम्भीर भएका बिरामीहरु भर्ना भएको बताइएको छ ।
पछिल्लो समय आएका समाचारहरुअनुसार त्यहाँका केही ठाउँमा विषालु मदिराका कारण भएका निधनको समाचार बाहिर नल्याउन प्रयास गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


