जनकपुर रोयल्सको मुख्य प्रशिक्षकमा उमेश पटवाल नियुक्त

जनकपुरधाम, १ पुस । नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिताका लागि जनकपुर रोयल्सले नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक उमेश पटवाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
जनकपुरले बिहीबार पटवाललाई प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो । पटवालले नेपालसँगै अफगानिस्तान, युएई र भारतका स्थानीय क्लब हेरेका छन् ।
नेपाल क्रिकेट संघले पहिलो पटक आयोजना हुन गर्न लागेको टी २० लिगमा ६ टोलीको सहभगिता रहनेछ । जनकपुरले आफ्नो पहिलो खेलमा पोखरा एभेन्जर्सको सामना गर्नेछ ।
जनकपुरको मार्की खेलाडीमा सोमपाल कामी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


