तनहुँमा बस दुर्घटना हुँदा १८ जना घाइते

तनहुँ, २९ मंसिर । तनहुँको म्याग्दे गाउँपालिका–६ अकलामा बिहीबार दिउँसो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।
नारायणघाटबाट बागलुङतर्फ जाँदै गरेको ग १ ख ५५२५ नम्बरको बस अनियन्त्रित भई सडकको नालीमा पल्टिँदा चालक नरबहादुर लामासहित १८ जना घाइते भएका हुन् ।
उनीहरुको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


