क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट मनोज प्रभाकरले दिए राजीनामा

काठमाडौं, २९ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट मनोज प्रभाकरले राजीनामा दिएका छन् ।
प्रभाकरले बिहीबारदेखि लागू हुने गरी राजीनामा दिएको र स्वीकृत भइसकेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
भारतीय पूर्वक्रिकेटर प्रभाकर चार महिनाअघि नेपालको प्रशिक्षक नियुक्त भएका थिए । लगातारको खराब नतिजा, खेलाडीसँग बिग्रिँदो सम्बन्ध र प्रशिक्षण शैलीमा प्रश्न उठेपछि क्यानले उनलाई हटाउने तयारी गरेको थियो ।
सन् २०१८ मा नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएयताको चार वर्षमा पाँचजना प्रशिक्षक परिवर्तन भएका छन् । तीमध्ये चार जनाले सम्झौताको समयावधि अगाडि नै राजीनामा दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


