विश्वविद्यालय राजनीतिबाट मुक्त हुनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं, २९ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त हुनुपर्ने बताएका छन् ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा बिहीबार आयोजित काठमाडौं विश्वविद्यालयको २८ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्र रूपबाट प्राज्ञिक अध्ययन, अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताएका हुन् ।
काठमाडौं विश्वविद्यालयका कुलपतिसमेत रहेका देउवाले विगत तीन दशकदेखि गुणस्तरीय एवं प्राविधिक शिक्षा उपलब्ध गराएको भन्दै प्रशंसा गरे । विभिन्न विधामा कर्मशील, सिर्जनशील र क्षमतावान् जनशक्ति उत्पादन गरी काठमाडौं विश्वविद्यालयले देशको आर्थिक र सामाजिक विकासमा योगदान पु¥याउँदै आएको उनको भनाइ छ ।
नेपालका उच्च शिक्षाको क्षेत्रमा काठमाडौं विश्वविद्यालयको आफ्नो इमान, गरिमा र छुट्टै पहिचान रहेको बताउँदै देउवाले विश्वविद्यालयबाट उत्पादित जनशक्ति देशभित्र मात्र नभइ विदेशमा पनि महत्त्वपूर्ण संस्थामा आवद्ध भइ उत्कृष्ट सेवा पु¥याउँदै आउनु सबैका लागि गर्वको विषय भएको बताए ।
सो क्रममा देउवाले काठमाडौं विश्वविद्यालयबाट पहिलोपटक मास्टर्स अफ इन्जिनियरिङ इन सेनिटेसन टेक्नोलोजीमा छ जना र मास्टर्स अफ साइन्स सेटिटेसन टेक्नोलोजीमा एक जना गरि सात जनालाई उपाधि प्रदान गरे ।
विश्वविद्यालयले विभिन्न संकायका स्नातक, स्नातकोत्तर र विद्यावारिधिका गरी एक हजार छ सय ९९ जना विद्यार्थी दीक्षित गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


