काठमाडौं, २९ मंसिर । नेपालका लागि इजरायली राजदूत हानान गोडर गोल्डबर्गरले प्रधान सेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् । बिहीबार प्रधान सेनापति महारथी शर्मा र हानानबीच भेटघाट भएको हो ।

प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटमा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाटले दुई देशबीच रहेको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।