काठमाडौं, २९ मंसिर । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर सो प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री देउवाले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन गरेका थिए ।

यसअघि आजै निर्वाचन आयोगले मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि बुझाएको थियो ।