बिहीबार थप ४ जनामा संक्रमण पुष्टि, ४ जना डिस्चार्ज

काठमाडौं, २९ मंसिर । नेपालमा बिहीबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा परीक्षण गरिएका ७३० नमुनामध्ये ४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
मन्त्रालयका अनुसार २१९ नमुनाको पिसिआर र ५११ नमुनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो । जसमध्ये पिसिआरबाट ३ र एन्टिजेनबाट १ जनामा संक्रमण देखिएको हो ।
बिहीबार थप ४ जना डिस्चार्ज भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १५ रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ९०९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


