पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं, २९ मंसिर । काठमाडौंको स्वयम्भुमा पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–१५ स्वयम्भु ठूलो भर्याङस्थित सडकमा बा १ प ७६३ नम्बरको पर्यटक बस र बागमती प्रदेश ०२–०१८ प ४९४० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा २२ वर्षीय निर्मल लामाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सिन्धुलीका लामाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी गराएको छ ।
पर्यटक बसलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


