माओवादीको नेतृत्वमा नयाँ सरकार बन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं, २८ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन् ।
बुधबार पोखरामा आयोजित एक कार्यक्रममा उनले गठबन्धनको तर्फबाट सरकारको नेतृत्व माओवादीले गर्ने बताएका हुन् ।
‘अबको सरकारको नेतृत्व नेकपा माओवादीले गर्छ,’ प्रचण्डले भने । उनले निर्वाचनबाट माओवादीका लागि अपेक्षाकृत नतिजा नआएको पनि बताए ।
आफूले प्रत्यक्षतर्फ २५ सिटको आशा गरिएकोमा कांग्रेस पूर्णरूपमा इमान्दार नहुँदा अपेक्षा गरेअनुसार सिट जित्न नसकेको प्रचण्डको भनाइ छ ।
‘हामीले जति इमान्दारिता देखायौँ, कांग्रेसले पूर्णरूपमा इमानदारिता देखाउन सकेन’, प्रचण्डको भनाइलाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।
कार्यक्रममा प्रचण्डले गण्डकी प्रदेश सरकारको नेतृत्व पनि माओवादीले पाउनुपर्ने माग गठबन्धनमा राखेको सुनाए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


