विश्वकप २०२२ का क्रममा कतारमा तीनजना पत्रकारको निधन

एजेन्सी, २८ मंसिर । विश्वकप २०२२ का क्रममा कतारमा तीनजना पत्रकारको निधन भएको छ ।
यसअघि कतारी फोटोपत्रकार खालिद अल–मिस्लाम र अमेरिकाका फुटबल पत्रकार ग्रान्ट वाहलको निधन भएकोमा नोभेम्बर २१ मा तेस्रा पत्रकारको निधन भएको हो ।
आइटिभी स्पोर्टका प्राविधिक निर्देशक रजर पियर्सको निधन भएको हो । वेल्स–यूएसएको खेल अघि आइटिभीको आफ्नै प्रसारणमा यसबारे घोषणा गरिएको थियो ।
उनी आफ्नो आठौँ विश्वकपका लागि त्यहाँ गएका थिए । रोजर खेलकुद प्रसारण उद्योगमा एक उच्च सम्मानित व्यक्तित्व थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


