काठमाडौं, २८ मंसिर । संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् । उमेर हदले अवकाश हुन ९ महिना अवधि बाँकी रहँदै उनले राजीनामा दिएका हुन् ।

मंगलबार दिएको घिमिरेको राजीनामा स्वीकृतसमेत भइसकेको छ । उनले मंगलबार सचिवालयका महासचिव भरतराज गौतमसमक्ष राजीनामा दिएका थिए ।

घिमिरेले पारिवारिक कारणले राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् । उनी संघीय संसद् सचिवालयको प्रशासन महाशाखा प्रमुख थिए ।