धनुषा–४ मा पुनः मतगणनाको माग गर्दै महेन्द्र यादवद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं, २८ मंसिर । धनुषा क्षेत्र नम्बर–४ मा पुनः मतगणनाको माग गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
धाँधली गरी आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराइएको भन्दै यादवले बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । फेरि मतगणना हुनुपर्ने उनको माग छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा उनले दर्ता गराएको रिटमा निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा, जिल्ला निर्वाचन कार्यालय धनुषा, प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार महासेठलाई विपक्षी बनाएका छन् ।
सो क्षेत्रमा यादव नेकपा एमालेका सचिव समेत रहेका रघुवीर महासेठसँग १२४ मतको अन्तरले पराजित भएका थिए । महासेठले ३२ हजार २३६ मत ल्याएर विजयी हुँदा यादवले ३२ हजार ११२ मत ल्याएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


