कन्या छात्रावास यथाशीघ्र संचालन हुनुपर्ने अनेरास्ववियु सप्तरीको माग

सप्तरी, २७ मंसिर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सप्तरीले राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको कन्या छात्रावास यथाशीघ्र संचालन हुनुपर्ने माग गरेको छ ।
अनेरास्ववियु सप्तरीका अध्यक्ष रंजिव कुमार साहको नेतृत्वमा बर्षौंदेखि क्याम्पसको कन्या छात्रावास अलपत्र रहेकोले यथाशीघ्र संचालन हुनुपर्ने माग गर्दै निवेदन दर्ता गराइएको हो ।
क्याम्पसमा नेपाल-भारत सहयोगमा निर्माणाधिन कन्या छात्रावास विगत लामो समयदेखि अलपत्र रहेको छ । उक्त छात्रावास निर्माणमा करोडौं रकम खर्चिएपनि हालसम्म संचालनमा आउन सकेको छैन ।
अनेरास्ववियु सप्तरीका अध्यक्ष साहले राष्ट्रिय सभा सदस्य शेखर प्रसाद सिंह अध्यक्ष रहेको कन्या छात्रावास निर्माण समितिले बर्षौंदेखि उक्त छात्रावासलाई अलपत्र छाडेको आरोप लगाएका छन् ।
उनले यथाशीघ्र छात्रावास संचालनमा नल्याइए कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


