निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने

काठमाडौं, २७ मंसिर । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको बुधबार अन्तिम नतिजा घोषणा गर्ने भएको छ ।
बुधबार साढे १२ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागिएको हो ।
निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको बताइएको छ ।
यसअघि नै प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेकामा दलहरूले समानुपातिकको सूची पनि आयोगमा बुझाइसकेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


