पर्सा, २७ मंसिर । पर्सामा प्रहरीको गाडी दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय ठोरीको सवारी दुर्घटना हुँदा प्रहरी निरीक्षक शंकर श्रेष्ठ र प्रहरी जवान मनोज घर्ती घाइते भएका हुन् ।

उनीहरूको अवस्था सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुव ढकालले जानकारी दिए ।

उनका अनुसार वीरगञ्ज–ठोरी सकडखण्डअन्तर्गत पटेर्वासुगौली गाउँपालिका मनिहर्वा नजिकै ना १ झ १२७२ नम्बरको प्रहरीको गाडीविपरीत दिशाबाट आएको मोटरसाइकललाई छल्न खोज्दा अनियन्त्रित भएर पल्टिएको हो ।