धनुषामा रासायनिक मलको अभाव भइरहेको बेला सांसद महतोले गरिन् कृषि सामग्री कम्पनीको अनुगमन

जनकपुरधाम, २६ मंसिर । धनुषा–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेकी नेतृ जुलीकुमारी महतोले कृषि सामग्री कम्पनी लिमिटेड जनकपुर शाखाको सोमबार अनुगमन गरेकी छन् ।
हिउँदे बाली लगाउने समयमा रासायनिक मलको अभाव भइरहेको र किसानहरुले मल पाउन नसकिरहेको गुनासो बढेपछि आफूले कृषि सामग्री कम्पनी लिमिटेड जनकपुर शाखाको अनुगमन गरेको नवनिर्वाचित सांसद महतोले बताइन् ।

सांसद महतोले कार्यालय प्रमुख रवीकुमार केसरीसँग मलको समस्या र सोको समाधानको विषयमा समेत छलफल गरेकी थिइन् ।
महतोले कार्यालयमा उपलब्ध मलको मौज्दात र धनुषा जिल्लाका लागि आवश्यक मलको विषयमा जानकारीसमेत लिएकी हुन् । उनले प्राप्त मल दामासाहीको आधारमा सबै किसानलाई उपलब्ध गराउने गरी संयन्त्र परिचालन गर्नका लागि कार्यालय प्रमुखसँग आग्रह गरिन् ।

सांसद महतोले मलको समस्या समाधानका लागि आफूले छिट्टै पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


