जाजरकोटमा भएको जिप दुर्घटनामा परी ११ जनाको मृत्यु (नामावलीसहित)

जाजरकोट, २६ मंसिर । जाजरकोटमा सोमबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । सोमबार दिउँसो चालक मानबहादुर रावतले चलाएको कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप भिरबाटी भन्ने स्थानमा आफैँ अनियन्त्रित भएर २०० मिटर तल खसेको थियो ।
साढे ४ बजे छेडागाड नगरपालिका–४ स्थित खातिजेवाबाट सोही नगरपालिकाको वडा नम्बर ५ मा रहेको नगर अस्पतालमा उपचारको लागि बिरामी लिएर जाँदै गरेको जिप दुर्घटना भएको हो । प्रहरीका अनुसार ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
घाइते छेडागाड– २ का जयनाथ अधिकारीलाई उपचारका लागि नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय दशेरा र जिल्ला प्रहरी कार्यालयका १५ जना प्रहरीको टोली उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
मृतकको नामावली
१) चालक मानबहादुर रावत–भगवतीमाई गाउँपालिका– २ दैलेख
२) अम्मर बहादुर खड्का– भगवतीमाई गाउँपालिका दैलेख
३) सुरेन्द्र केसी– भगवतीमाई–३ दैलेख
४) वीर बहादुर खत्री–छेडागाड नगरपालिका–६ जाजरकोट
५) जयकुमार बुढा– छेडागाड ५ जाजरकोट
६) नैसरा अधिकारी– छेडागाड ५ जाजरकोट
७) राम बहादुर बुढा–छेडागाड ६ जाजरकोट
८) दीपक अधिकारी– छेडागाड ५ जाजरकोट
९) देवीसरा बुढा–छेडागाड ५ जाजरकोट
१०) अम्मर बहादुर अधिकारी–छेडागाड ५ जाजरकोट
११) निशा अधिकारी –छेडागाड जाजरकोट
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


