काठमाडौं, २६ मंसिर । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला गरेको छ ।

बोर्डका अनुसार शैक्षिक २०७९ मा भर्ना भएका विद्यार्थीका लागि १५ पुसभित्र विलम्ब शुल्करहित र पुस मसान्तभित्र विलम्ब शुल्कसहित आवेदन फारम भर्न सकिनेछ ।

१५ पुषभित्र आवेदन बुझाउँदा ४०० शुल्क लाग्ने र पुस मसान्तभित्र बुझाउँदा ८०० शुल्क लाग्ने बोर्डले जनाएको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा न्यूनतम १.६ जीपीए प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ मा अध्ययन गर्न पाउने र सोही आधारमा रजिष्ट्रेशन फाराम भर्नुपर्नेछ ।