एजेन्सी, २६ मंसिर । भुपेन्द्र पटेलले गुजरातको मुख्यमन्त्रीको सपथ लिएका छन् ।

उनले गुजरातको भारतीय जनता पार्टीको विधायकका नेता चुनिएका थिए । उनी दोस्रोपटक मुख्यमन्त्री बनेका हुन् ।

उनको सपथ ग्रहण कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित थिए ।

गुजरातमा भारतीय जनता पार्टीले सातौं पटक सरकार बनाएको हो । विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीले १८२ सिटमा १ सय ५६ सिटमा जित हासिल गरेको थियो ।