राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मनोज प्रभाकरले पद छाड्ने

काठमाडौं, २६ मंसिर । विश्वकप लिग–२ अन्तर्गत नामिबिया सिरिजमा सबै खेलमा पराजय भोगेपछि नेपालका राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मनोज प्रभाकरले पद छाड्ने अनुमान गरिएको छ ।
नामिबियामा भएको नामिबिया‚ स्कटल्याण्ड र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले एउटा खेलबाहेक सबै खेल हारेको थियो । एउटा खेल भने पानी परेर रोकिँदा नेपालले १ अंक पाएको थियो।
प्रशिक्षक प्रभाकरले नै पनि लामो समय नेपाली टिमको प्रशिक्षक रहन नचाहेको र क्यानले पनि लिग(२ मा नेपालको खेल र नतिजा गतिलो नभएसँगै नयाँ प्रशिक्षक ल्याउनुपर्ने सुझाव सबैतिरबाट पाएकाले प्रभाकरले अब राष्ट्रिय टिम छाड्ने अनुमान गरिएको हो ।
विश्वकप लिग–२ मा नामिबियामा नेपाली टोलीको प्रदर्शनबारे नेपाल क्रिकेट संघका महाप्रवन्धक वृतान्त खनाल र म्यानेजर विनोद दासले क्यानलाई प्रशिक्षक प्रभाकरका बारेमा ‘रिभ्यु’ गर्नुपर्ने प्रतिवेदन बुझाएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


